वैज्ञानिकहरुले बन्दाको सेवन क्यान्सरको उपचारमा निकै सहयोगी हुने तथ्य पत्ता लगाएका छन् । विकिरण थेरापीको सहयोगमा क्यान्सरको उपचार गर्दा बन्दामा हुने एक तत्वले मानव सरिरलाई विकिरणको हानीबाट बचाउन मद्दत गर्ने शोधकर्ताहरुको दाबी छ ।
शोधकर्ताहरुका अनुसार बन्दा, काउली तथा ब्रोकाउली जस्ता तरकारीहरुमा पाइने एक विशेष यौगिकले क्यान्सरको उपचारका क्रममा प्रयोग गरिने विकिरणबाट सरीरका स्वस्थ तन्तुमा पर्नसक्ने असर घटाउन सकिने र यसले विकिरणबाट हुने हानी न्यूनिकरण हुन्छ ।
बन्दा तथा काउली लगायतमा पाइने उक्त यौगिकको नाम डि आइ एम अर्था्त थ्री डाइइन्डोलीमेथेन हो । वैज्ञानिकहरुले यो यौगिकमा क्यान्सर प्रतिरोधी गुण समेत रहेको बताउँदै आएका छन् ।
अमेरिकाको जर्जटाउन क्यान्सर सेन्टका शोधकर्ताहरुका अनुसार यो यौगिकलाई धेरै अगाडि देखि नै क्यान्सर रोकथाम गर्ने पदार्थको रुपमा लिइँदै आएको भएपनि पछिल्लो अनुसन्धानबाट यो यौगिक विकिरणबाट समेत बचावट गर्ने यौगिक रहेको प्रमाणित भएको छ । यो कुराको पुष्टि गर्नका लागि वैज्ञानिकहरुले मुसामा प्रयोग गरेका थिए । डि आइ एम यौगिक भएको सुइ दिनु भन्दा अगाडि र सुइ दिइसकेपछिको अवस्थामा मुसाको सरीरमा विकिरणको असर हर्ेदा सुइ दिइसकेपछि विकिरणको असर लगभग नगण्य जस्तो देखियो ।